तोलामा २३ सय बढ्यो सुन,कति पुग्यो?

२१ असोज,काठमाडौं ।मंगलबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्यसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २ लाख ३३ हजार १ सय रुपैयाँ थियो । 

तर चाँदी भने आज पनि अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ ।

चाँदी प्रतितोला २ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।