
२१ असोज,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(‘रास्वपा)ले जेनजी आन्दोलनको एक महिनाको स्मृतिमा ‘श्रद्धा सुमन सभा’ गर्ने भएको छ ।आन्दोलनका शहीदहरूको स्मृतिमा बिहीबार साँझ ६ बजे श्रद्धा सुमन सभा गर्न लागेको प्रवक्ता मनिष झाले बताए ।
साथै उनले काठमाडौंको माइतीघर, पार्टीको केन्द्रीय कार्यालयसहित वडास्तरमा समेत स्मृति सभा हुने पनि बताए ।
गत भदौ २३ गते जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरूलाई सरकारले शहीद घोषणा गरेको थियो ।
