
२१ असोाज, काठमाडौं । जेनजी अभियन्ताहरूले मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेर उजुरी दर्ता गरेका छन् ।
जहाँ अख्तियार प्रमुख प्रेमकुमार राई लगायतको राजीनामा माग गरिएको छ । यसअघि उनीहरूले प्रधानमन्त्री कार्यालय,कानुन मन्त्रालय लगायत सरोकारवाला निकायहरूलाई बोधार्थसहित इमेल पनि पठाइसकिएको बताएका छन् ।
मा राजीनामा माग्नुको मुख्य कारण आन्दोलनका प्रमुख मुद्दाहरु – भ्रष्टाचार र दण्डहीनताको अन्त्य रहेको र सोही बमोजिम भ्रष्टाचार अन्त्य गर्नु रहेको उल्लेख गरेका छन् । विभिन्न किसिमले प्रश्न उठिरहेका व्यक्तिहरू, निष्पक्ष नभएका आयुक्त अथवा प्रमुख आयुक्तहरू आयोगमा रहँदासम्म देशले अपेक्षा गरेअनुसारको भ्रष्टाचार र दण्डहीनताको अन्त्य नहुने भन्दै उनीहरुले राजीनामा माग गरेको बताएका छन् ।
नैतिकताको आधारमा राजीनामा आउने आशा गरेको जनाएका उनिहरुले राजीनामा नआए ह्वाट इफ भन्ने योजना त्यसपछि बल्ल बनाउने भन्दै पत्रकार, नागरिक, जेनजी सबैले सामाजिक सञ्जाल र शान्तिपूर्ण ढंगले यथाशीघ्र आआफ्नो ठाउँबाट दबाब सिर्जना गराउनुपर्ने बताएका छन् ।
।सम्पूर्ण नेपाली एक ठाउँमा उभिएर एक मत भइ विभिन्न कुशासन,बेथिति,विसंगति ,भ्रष्टाचार र बेरोजगारी हटाउनु पर्नेमा उनीहरुको जोड छ ।
यसका लागि सबै नेपाली एक ठाउँमा उभिन र तत्तत् निकायका कर्मचारीहरु पार्टीको झोला बोक्न छोड्न पनि उनीहरुले अपिल गरेका छन् ।
