स्वास्थ्य सचिवलाई प्रधानमन्त्रीको निर्देशनः नर्सको समस्या तत्काल समाधान गर्नू

३० असोज,काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न स्वास्थ्य सचिवलाई निर्देशन दिएकी छिन् ।

प्रधानमन्त्री कार्कीले आज बिहिबार स्वास्थ्य सचिव डा. विकास देवकोटालाई भेटेर तत्काल आन्दोलनरत नर्सहरूको समस्या समाधान गर्न निर्देशन दिएकी हुन् । उनले नर्सको आन्दोलनको विषयमा बुझेर तत्काल सम्बोधन हुने गरी कदम चाल्न र प्रगतिबारे जानकारी गराउन समेत निर्देशन दिएकी छिन् ।

स्वास्थ्य मन्त्रालयको निर्णय बमोजिम पाचौँ तह बराबरको पारिश्रमिक पाउनु पर्ने माग राख्दै कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरू आन्दोलनमा छन् ।

मन्त्रालयले गत मंसिरमा सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूको पारिश्रमिक ३४ हजार ७३० हुनु पर्ने निर्णय गरेको थियो ।

 हाल स्वास्थय मन्त्रालयको जीम्मेवारी पनि प्रधानमन्त्रीकै माताहतमा रहेको छ ।