
२४ पुस,काठमाडौं ।ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् ।मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले उज्यालो नेपाल बनाउन आफ्नो अबको बाटो राजनीतिक यात्रा नै हुने बताएका छन्।
प्रधानमन्त्रीसहितको आग्रहपछि घिसिङले बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा बुझाएका थिए ।अब आफू खुला रुपमा राजनीतिमा लाग्ने उनको भनाई छ ।
उनले भने, ‘म पदबाट बाहिरिएको छु । तर जनताको पक्ष, राष्ट्रको हित र सत्यको बाटोबाट कहिल्यै बाहिरिने छैन,।’
‘उज्यालो नेपाल बनाउन सशक्त रुपमा अबको मेरो बाटो राजनीतिक यात्रा हुनेछ र यसैमा म अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’ राजीनामापश्चातको पत्रकार सम्मेलन मार्फत उनले भने।
घिसिङले देशभित्रको समसामयिक विषयलाई लिएर, अहिलेको परिस्थिति र अवस्थालाई परिवर्तन गर्नका लागि राजनीतिक नेतृत्वमा जान चाहेको एका छन् ।
राजीनामा बुझाएसँगै उनलाई प्रधानमन्त्री कार्कीले बिदाइ पनि गरेकी थिइन् ।

