ट्राफिक सप्ताह सुरु

२५ पुस, काठमाडौं।दुर्घटना न्यूनीकरणका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ट्राफिक सप्ताह–२०८२ सुरू गरेको छ।

आज शुक्रबारदेखि एक हप्ता संचालन हुने र माघमा समापन गर्नेगरी ट्राफिक सप्ताह सुरु गरिएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय एसएसपी नवराज अधिकारीले आज आयोजित पत्रकार सम्मेलनमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताहले सहयोग पुग्ने बताए।

‘विविध कारणले दुर्घटना हुने र जनधनको क्षति हुने क्रमलाई न्यूनीकरण गर्ने उद्देश्यअनुसार ट्राफिक सप्ताह गर्न लागिएको हो । जहाँ ट्राफिकसम्बन्धी जनचेतना फैलाउने काम गरिन्छ,’ उनले भने।