
१ फागुन,काठमाडौं ।आज विश्व रेडियो दिवस ।रेडियो,सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रम गरि यो दिवस मनाइँदै छ ।
सन् १९४६ मा राष्ट्रसङ्घीय रेडियो सेवा स्थापना भएको दिनको सम्झनामा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक,वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को अगुवाइमा सन् २०१२ देखि यो दिवस मनाउन थालिएको हो ।
सञ्चार माध्यमका रूपमा रेडियोको महत्वबारे जनचेतना अभिवृद्धिका साथै निर्णयकर्ताहरूलाई सूचना पहुँच सुनिश्चित गर्न र रेडियोको उपयोग प्रोत्साहित गर्न एवं विश्वभरका प्रसारकहरूबीच अन्तरराष्ट्रिय सहकार्य सुदृढ तुल्याउनु यो दिवसको उद्देश्य भएको युनेस्कोले जनाएको छ ।
सूचना प्रवाहका सन्दर्भमा रेडियोको भूमिका महत्वपूर्ण छ ।
