
२९ माघ,काठमाडौं ।पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीको पूर्वसन्ध्यामा बिहीबार पत्रकार सम्मेलन गर्दै महाशिवरात्रीका दिन बिहान २ बजे नै पशुपतिनाथ मन्दिरको चारवटै ढोका खुल्ला गरिने र मन्दिर प्रवेशका लागि विभिन्न चार स्थानबाट लाइनको व्यवस्था गरिएको जानकारी दिएको छ ।
पाशुपत क्षेत्रमा मदिरा,गाँजा,भाङ,चरेश आदिको भण्डारण–विक्री वितरण तथा ओसार पसार नगर्नरनगराउन समेत कोषले सचेत गराएको छ । महाशिवरात्री मनाउन पशुपतिनाथ मन्दिरमा बिभिन्न देशबाट साधुसन्तहरुको समेत आगामन भइसकेको पनि कोषले जनाएको छ ।
कोषले महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।महशिवरात्री फाल्गुन ३ गते आइतबार मनाइदैछ ।
