दाङ–१ मा रास्वपाका देवराज पाठक फराकिलो मतले अगाडि

२२ फागुन, काठमाडौं । दाङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का देवराज पाठकले फराकिलो मतका साथ अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार पाठकले २ हजार ३८१ मत ल्याएका छन् । पाठकपछि नेपाली कांग्रेसका योगेन्द्र चौधरीले ५७१ मत ल्याएका छन् ।

एमालेका रेवतीरमण शर्मा घिमिरेले ३४० मत र नेकपाका मेटमणि चौधरीले २३९ मत ल्याएका छन् ।