काठमाडौँ–७ मा रास्वपाका गणेश पराजुलीको फराकिलो अग्रता

२२ फागुन,काठमाडौं ।काठमाडौं क्षेत्र नम्बर ७ को प्रारम्भिक मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पराजुलीले फराकिलो अग्रता बनाएका छन्।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पहिलो मतपरिणाम अनुसार उनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ठुलो मतान्तरले पछि पारेका हुन्।

सार्वजनिक विवरण अनुसार,पराजुलीले ७२१ मत प्राप्त गरेका छन् ।उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रमोदहरि गुरागाईँले १६६ मत प्राप्त गरेका छन्।

त्यसैगरी, तेस्रो स्थानमा रहेका नेकपा (एमाले) का उम्मेदवार प्रकाश श्रेष्ठले १३४ मत पाएका छन् ।