
२२ फागुन, काठमाडौं ।बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ । केही निर्वाचन क्षेत्रमा मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।
पछिल्लो विवरण अनुसार ५३ निर्वाचन क्षेत्रमा मतगणना चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) ले उत्साहजनक अग्रता बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले मतगणना जारी रहेका ५३ मध्ये ४२ क्षेत्रमा अग्रता बनाइरहेको छ ।
काठमाडौं – १ मा रञ्जु न्यौपाने, काठमाडौं – ८ मा विराजभक्त श्रेष्ठ, रूपन्देही – २ मा सुलभ खरेल, काठमाडौं – १० मा प्रदीप विष्ट,धनुषा – ३ मा मनिष झा,काठमाडौं – ७ मा गणेश पराजुली,काठमाडौं – ३ मा राजुनाथ पाण्डे, काठमाडौं – ४ मा पुकार बम,मोरङ – ४ मा सन्तोष राजवंशी,काठमाडौं – ५ मा सस्मित पोखरेल,महोत्तरी – १ मा प्रमोदकुमार महतो,भक्तपुर – १ मा रुकेश रञ्जित,चितवन – २ मा रवि लामिछाने,काठमाडौं – ६ मा शिशिर खनाल, कास्की –२ मा उत्तमप्रसाद पौडेल,भक्तपुर – २ मा राजीव खत्री,कास्की – १ मा खड्कराज पौडेलले अग्रता लिइरहेका छन्
यसैगरी बाँके – १ मा सुरेशकुमार चौधरी, चितवन – ३ मा सोविता गौतम,ललितपुर – ३ मा तोसीमा कार्की, कञ्चनपुर– २ मा दिपकराज बोहरा, दाङ – १ मा देवराज पाठक, मोरङ – १ मा यज्ञमणि न्यौपाने,स्याङ्जा – १ मा धनञ्जय रेग्मी, कास्की – ३ मा बिना गुरुङ, रौतहट – ४ मा गणेश पौडेल, रूपन्देही – ३ मा डा.लेखजंग थापा,बाँके – ३ मा खगेन्द्र सुनार, झापा – २ मा इन्दिरा राना मगर, बारा – १ मा गणेश धिमाल, झापा – ५ मा बालेन्द्र शाह (बालेन),तनहुँ – १ मा स्वर्णिम वाग्ले, मोरङ – ५ मा आशा झा, रूपन्देही – ५ मा तौफिक अहमद खानले अग्रता लिइरहेका छन् ।
कञ्चनपुर – १ मा जनक सिंह धामी,बर्दिया – २ मा श्रीधर पोख्रेल, धादिङ – १ मा आसिका तामाङ, पाल्पा – १ मा विमल पन्त,काठमाडौं –२ मा सुनिल के.सी.,कञ्चनपुर – ३ मा ज्ञानेन्द्र सिंह महता, ललितपुर –२ मा जगदीश खरेल, र मोरङ – ३ मा गणेश कार्कीले अग्रता लिइरहेका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेले भने ४–४ स्थानमा अग्रता बनाएका छन् । नेपाली कम्युनिस्ट पार्टीले २ र श्रम संस्कृति पार्टीले एक स्थानमा अग्रता बनाएका छन् ।
