
१ चैत,काठमाडौं ।नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेसले पहिलोपटक आज आइतबार उक्त बैठक बोलाएको हो ।
समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनोटका लागि बैठक बोलाइएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
उनका अनुसार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपमा बस्ने छ ।
