आज पनि बढ्यो सेयर बजार, घट्यो कारोबार

९ चैत, काठमाडौं ।सोमबार दिनभर उतारचढावमा रहेको सेयर बजार अन्तिममा बढेर बन्द रह्यो ।

अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५.०१ अंक बढेको हो । सो वृद्धिसँगै बजार परिसूचक नेप्से २९३६ अंकमा कायम भएको छ ।

तर कारोबार रकम भने घटेको छ ।

अघिल्लो दिन २३ अर्ब ५९ करोडको कारोबार भएकोमा आज १५ अर्ब ७८ करोडको भयो । १०२ कम्पनीको मूल्य बढ्दा १५४ को घट्यो भने ८ को स्थिर रह्यो ।