
९ चैत,काठमाडौं ।नेपाली युवाहरूले ‘ल बसम’ एप बजारमा ल्याएका छन् ।
नेपाली युवाको सीप र स्वदेशी लगानीमा तयार पारिएको नयाँ राइड–सेयरिङ एप ‘ल बसम’ आइतबारबाट औपचारिक रूपमा सञ्चालनमा आएको आएको हो।
‘हामी सबै सँगै बसौं र यात्रा गरौं’ भन्ने मूल नारासहित सुरु गरिएको यो कम्पनीकोकाठमाडौंको तारकेश्वर– ८, शेषमतिमा कार्यालय रहेको छ भने हाल काठमाडौँ उपत्यकामा मात्र सेवा सुरु गरेको र छिट्टै पोखरा, बुटवल, विराटनगर र चितवन जस्ता प्रमुख सहरहरूमा सेवा विस्तार गर्ने लक्ष्य राखेको छ ।
साथै, निकट भविष्यमा फुड डेलिभरी सेवा समेत सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।
सुरुआती चरणमा राइड सेयरिङका चालकहरुलाई कुनै सेवा शुल्क नलाग्ने गरी प्रयोग गर्न छुट दिइएको कम्पनीले जनाएको छ ।
कम्पनी सञ्चालकहरुको भनाइमा, ‘ल बसम’ केवल सेवा होइन, नेपाली प्रविधि, सीप र श्रमलाई एकीकृत गर्दै देशभित्रै आर्थिक मूल्य सिर्जना गर्ने अभियान हो भने नेपालको यातायात प्रणालीलाई सुरक्षित, मर्यादित र प्रविधिमैत्री बनाउनु मुख्य लक्ष्य हो ।
