
१० चैत,काठमाडौँ । प्रतिनिधिसभामा निर्वाचित २४ सांसदले मातृभाषामा शपथ लिने भएका छन् ।
पर्सि चैत १२ गते दिउँसो २ बजेका लागि तय भएको शपथमा उनीहरुले आफ्नो भाषामा शपथ लिने संसद सचिवालयले उल्लेख गरेको छ ।
संघीय संसद सचिवालयले मातृभाषामा शपथ लिन चाहनेलाई ३ दिनअघि नै जानकारी गराउन सूचित गरेको थियो ।उनीहरुले रोजेको मातृभाषाको संख्या ११ रहेको छ ।
यी हुन् मातृभाषामा शपथ लिने सांसदहरूः
१. तामाङ भाषा
परशुराम तामाङ
२. नेपाल भाषा
अनुष्का श्रेष्ठ
कृष्णभक्त शाक्य
गंगालक्ष्मी अवाल
मदनकृष्ण श्रेष्ठ
रुकेश रञ्जित
विराजभक्त श्रेष्ठ
३. डोटेली भाषा
आकृति अवस्थी
दीपकराज बोहरा
हरिनादेवी कामी
४. मैथिली भाषा
उज्जवलकुमार झा
दीपककुमार साह महोत्तरी
दीपककुमार साह सुनसरी
प्रमोदकुमार महतो
मातृका यादव
सीताराम साह
५. भोजपुरी भाषा
कन्हैया बनिया
६. थारु भाषा
गीता चौधरी
प्रमिलाकुमारी गच्छदार
७. राना थारु भाषा
कृपाराम राना
८ .संस्कृत भाषा
खुश्बु ओली
९. मगही भाषा
जोगकुमार यादव
१०. अवधि भाषा
मोहम्मद इस्तियाक राई
११. वान्तावा भाषा
ध्रुवराज राई
