
१६ चैत,काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ ।
जसको प्रभावले देशभरको मौसम फेरबदल भएको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति पनि देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ ।
कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।
यस्तै,मधेश प्रदेशसहित कोशीको तराई क्षेत्र तथा लुम्बिनी,कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा पनि मेघगर्जन र चट्याङसहित वर्षा र हिमपात हुन सक्ने महाशाखाको भनाई छ ।
