विषय विज्ञताका आधारमा सांसदलाई पनि मन्त्रालयमा खटाइने

१६ चैत, काठमडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदलाई विषय विज्ञताको आधारमा सम्बन्धित मन्त्रालयमा खटाउने भएको छ ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार सांसद भनेको भविष्यको सम्भावित मन्त्रीसमेत रहेको र क्षमता अभिवृद्धिका लागि पनि सहयोग पुग्ने भएकाले मन्त्रालयमा सांसदलाई खटाउन लागिएको हो।

जनभावना अनुसार छिटो छरितो काम गर्नका लागि सांसदले मन्त्रीलाई सहयोग गर्न यो अवधारण अघि सारेको उनको भनाइ छ ।

प्रवक्ता झाका अनुसार, सांसदका साथै पार्टीको केन्द्रीय विभागका सदस्यहरूलाई पनि खटाउने भएकाा छ ।

प्रधानमन्त्री शाहले पनि सबै दलका सांसदहरूलाई सिंहदरबार बोलाएर छलफल थालेका छन् ।