सभामुख पदमा डीपी अर्यालको उम्मेदवारी दर्ता

२० चैत,काठमाडौं । रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका छन् ।

उनको प्रस्तावकमा प्रतिनिधि सभा सदस्य समेत रहेका पार्टी सभापति रवि लामिछाने छन् ।समर्थकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन मन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल छन् ।

त्यसका लागि संघीय संसद सचिवालयले आज शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सभामुख पदको उम्मेदवारी दर्ताको समय तोकेको छ । साढे २ बजे उम्मेदवारको सूची प्रकाशित हुनेछ ।

सभामुख पदमा  अर्यालको मात्र उम्मेदवारी परेको छ। 

सभामुख पदको निर्वाचनमा चैत २२ गते हुँदैछ ।