एमालेले रास्वपा शक्तिशाली बन्नुको कारण खोजी गर्ने

२२ चैत, काठमाडौं । नेकपा (एमाले) का सचिव डा. राजन भट्टराईले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शक्तिशाली बन्नुको कारण खोजीको विषय बाँकी रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित निर्वाचनको मूल्यांकन तथा परराष्ट्र नीति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

सचिव भट्टराईले रास्वपाले निर्वाचनमा पुरानादल लाई हराएर चमत्कारिक रुपमा परिणाम ल्याएको भन्दै त्यसको कारण खोजी गरिने बताएका हुन् । ।

‘हामी फरक राजनीतिक पृष्ठभुमिका बोलेका फरक राजनीतिक पार्टीहरू पनि छौ । थुप्रै दलहरू छौ । अझ आजको शक्तिशाली दल त धेरै फरक हिसाबले आएको छ ।

उसको आउने तरिका नै चमत्कारिक छ । त्यससँग के के जोडिएका छन, त्यो खोजतलासको विषय बाँकी नै छ,’ उनले भनेका छन् ।

साथै, उनले मुलुकमा भूराजनीतिक संवेदनशीलता बढेर गएकाले दलहरूबीच राष्ट्रिय एकता कायम गरेर अघि बढने कुरामा ढिलाई गर्न नहुने पनि बताएका छन् ।