पहिलो पटक सभा सञ्चालन गर्दै सभामुख अर्याल भने –संसद्‌मा मेरो भूमिका निष्पक्ष रहनेछ

२३ चैत, काठमाडौं । सभामुख डोल प्रसाद अर्यालले संसद्‌मा आफ्नो भूमिका निष्पक्ष रहने बताएका छन् ।

सभामुखमा निर्वाचित भएपछि अर्यालले आज सोमबार पहिलो पटक सभा सञ्चालन गर्दै सभालाई कार्यसूचीमा प्रवेश गराउनु अगाडि यस्तो बताएका हुन् ।

‘सबैको समन्वयमा संसद्को गरिमा बढ्नेमा दुविधा छैन’ उनले भनेका छन्, ‘मेरो निष्पक्ष भूमिका रहनेछ ।’ पूराना ऐन बदलेर संशोधन गर्ने र नयाँ बनाउने सन्दर्भमा सदन काम गर्न तत्परता रहने उनको स्पष्टोक्ति थियो  ।