
२५ चैत, धनगढी । कैलालीमा बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
२७ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा ३० वर्षीय एक पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
महिलाले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार बेलुकी नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको छ ।
