४ हजार ३०० ले घट्यो सुनको भाउ

२६ चैत, काठमाडौं ।स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला ४ हजार ३०० र चाँदी तोलामा १५० ले घटेको हो । आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९४ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८७५ कायम भएको छ ।

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला २ लाख ९९ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार २५ कायम भएको थियो ।