३० गतेभित्र एसईईको नतिजा

२७ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा यहि ३० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा भएको १ महिनाभित्र नतिजा सार्वजनिक गर्न गरि काम शुरु गरेको जनाएको थियो ।

‘नतिजा सार्वजनिकको नजिक आइपुगेका छौँ । पर्सिसम्म आउँछ । आइटीले काम गरिरहेको छ,’ परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने, ‘त्रुटि नहुनेगरी नतिजा सार्वजनिक गर्छौं ।’ यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो ।

‘आइटीले काम सकेपछि बोर्ड बैठक बोलाउने तयारी भएको पनि उनले बताए । बोर्ड बैठक बसेपछि नतिजा सार्वजनिक गरिनेछ ।’ अधिकारीले भने ।

 एसईई परीक्षा गत चैत १९ देखि २९ सम्म सञ्चलान भएको थियो भने ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए ।