सुन घट्यो, चाँदी बढ्यो

८ जेठ, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलामा २ लाख ९३ हजार ७ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ९३ हजार ८ सय रुपैयाँ थियो ।

चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ५० रुपैयाँ रहेको चाँदी आज ५ हजार ११५ रुपैयाँ कायम भएको छ ।