काम नरोक्नुस्, तपाईँलाई हामी हेर्छौँ :पूर्वाधार विकासमन्त्री लम्साल

८ जेठ, काठमाडौं ।  पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मूल्यवृद्धिकै कारण निर्माण नरोक्न व्यवसायीलाई आग्रह गरेका छन्।

शुक्रबार प्रतिनिधिसभाको पूर्वाधार विकास समिति बैठकमा निर्माण व्यवसायीहरूले निर्माण क्षेत्रका समस्या र चुनौतीबारे जानकारी गराएपछि यस्तो आग्रह गरेका हुन्।

निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार लागिपरेको बताए। बैठकमा व्यवसायीहरूले काम सम्पन्न गर्दा पनि भुक्तानी नपाएको, अत्यधिक मूल्यवृद्धि भएको र म्याद थपमा समस्या रहेको गुनासो गरेका थिए। मन्त्री लम्सालले निर्माणको काममा ढिलासुस्ती नगर्न र गुणस्तरमा सम्झौता नगर्न आग्रह गरे।

‘अहिले हाम्रो अगाडि रहेको यो मूल्यवृद्धि सामान्य होइन। यो नेपालकै इतिहासको सबैभन्दा ठूलो मूल्यवृद्धि हो र निर्माण क्षेत्रका लागि यो एउटा ठूलो संकट पनि हो। लगभग ३७ अर्ब जति घाटा भइसकेको थियो। त्यतिवेला डिजेलको मूल्यमा पनि एकदमै धेरै वृद्धि भइरहेको थियो।’ उनले भने।

मन्त्रालय अहिले करिब ३७ अर्ब घाटामा रहेको तर पनि व्यवसायीका समस्याप्रति गम्भीर रहेको उनले बताए।

मूल्यवृद्धिको सम्बोधनका लागि राष्ट्र बैंकको इन्डेक्सअनुसार काम भइरहेको र कानूनी प्रक्रिया मिलाएर व्यवसायीलाई राहत दिने पनि उनले बताए ।