पोखराको पृथ्वीचोकस्थित सरकारी जग्गामा बनेका संरचनामा चल्यो डोजर

१४ जेठ, पोखरा । पृथ्वीचोकस्थित पोखरा बसपार्कअगाडि संस्थान क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले निकट मजदुर संगठन र विभिन्न संस्थाले बनाएका संरचना खाली गर्ने काम थालिएको छ ।

त्यहाँको सहारा क्लब, हिमाली सांस्कृतिक परिवार, सामुदायिक प्रहरी सेवाका संरचनामा डोजर चलाइएको छ । 

ट्रेड युनियन र संस्थाले पोखरा उपत्यका नगर विकास समिति मातहको जग्गामा संरचना बनाएर भाडासमेत उठाउँदै आइरहेका थिए । नेकपानिकट मजदुर संगठनले पनि त्यहाँ स्थायी संरचना बनाएको थियो ।

हङकङ बजारको अगाडि आज बुधबार डोजर लगाइएको संरचनाका व्यवासायीले रातिसम्ममा सामान उठाएर उक्त ठाउँ खाली गरेका थिए । यो ठाउँमा सहाराले सञ्चालन गरेको सार्वजनिक शौचालय समेत रहेकोछ ।

संरचना हटाउन अन्तिम पटक ३५ दिने सूचना दिइएको थियो । त्यसको म्याद जेठ ९ गते सकिएको थियो।