
१९ जेठ,पोखरा ।गण्डकी प्रदेश सरकारले आज मंगलबार नीति तथा कार्यक्रम ल्याउँदै छ ।प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख डिल्लीराज भट्टले दिउँसो ४ बजे संसदमा नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची तय भएको छ ।
‘हामी भनेको अब एक वर्षमात्र होला । अब कामहरुलाई सम्पन्न गर्ने, नयाँ कार्यक्रमहरुका लागि नीति जग हाल्ने कुरामै अबको बजेट र नीति तथा कार्यक्रम केन्द्रित हुन सक्छ,’ मुख्यमन्त्री सुरेन्द्र पाण्डेले भने ।
सरकारले पूर्वाधार निर्माण तथा सम्पन्न गर्न, कृषि, पर्यटन र नीतिगत सुधारमा ध्यान दिने बताएको छ ।
