
१९ जेठ, काठमाडौं ।आईजीपी दान बहादुर कार्कीले सडक सुरक्षा कुनै एक निकायको प्रयासले मात्र सम्भव नहुने बताएका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार आयोजना गरेको ‘इन्टिग्रेटेड ट्राफिक मेनेजमेन्ट सिस्टम’ सम्बन्धी एक दिवसीय कार्यशालामा बोल्दै कार्कीले भने, ‘सबै सरोकारवाला निकायले आफ्नो जिम्मेवारीलाई गम्भिरतापूर्वक लिएर उच्चस्तरको समन्वय गरेपछि मात्र सडकको यात्रालाई सुरक्षित बनाउन सकिन्छ ।’
आईजीपी कार्कीले वैज्ञानिक ट्राफिक व्यवस्थापन र सड्क सुरक्षालाई थप व्यवस्थित बनाउन प्रविधिको उच्चतम प्रयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा उनलेले उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रकाशन गरेको ट्राफिक पुलिस मिरर–२०२६ को लोकार्पण गरे ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले सड्क सुरक्षाबारे सरोकारवाला निकायहरूसँगको समन्वय र वैज्ञानिक ट्राफिक व्यवस्थापनबारे सो कार्यशाला आयोजना गरेको बताए ।
