प्रतितोला १४ सय बढ्यो सुन

८ असार, काठमाडौं । सोमबार सुनचाँदीको भाउ बढेको छ ।सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदी आज तोलामा ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७३० रुपैयाँ कायम भएको छ । गत सोमबार चाँदीको भाउ प्रतितोला ५ हजार १५ रुपैयाँ थियो ।