
१८ असार,काठमाडौं।सरकारले त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापालाई नियुक्त गरेको छ।
प्रधानमन्त्री बालेन शाहले नेपाल सरकारका पूर्वसचिवसमेत रहेका थापालाई आयोगको अध्यक्षमा नियुक्त गरेका हुन्।
अध्यादेशबाट सेवा आयोगको अध्यक्ष बर्खास्त भएपछि उक्त पद रिक्त थियो। थापा पूर्वाधार विज्ञ हुन्।तत्कालीन अध्यक्ष घनश्याम भट्टराई र सदस्य अजय भट्टराईले राजीनामा दिएपछि रिक्त पदमा थापालाई नियुक्त गरिएका हो ।
हालसम्म त्रिविकै प्राध्यापकमध्येबाटै सेवा आयोगको अध्यक्ष नियुक्त गर्ने प्रचलन थियो ।
सरकारले पहिलो पटक विश्वविद्यालयबाहिरका व्यक्तिलाई सेवा आयोगको प्रमुख प्रशासकका रूपमा नियुक्त गरेको हो ।
