बढ्दै मनसुनी गतिविधि,भारीदेखि धेरै भारी वर्षाको सम्भावना

१६ असार,काठमाडौं।आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

जल तथा मौसम विज्ञान विभागले दुई दिनअगाडि नै विशेष बुलेटिन जारी गर्दै भारीदेखि धेरै भारी वर्षाको सम्भावना भएको जनाएको हो।

आज र भोलि मनसुनी गतिविधि बढ्ने र मधेस,कोसी,वाग्मती,गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागको भनाई विभागका अनुसार यी प्रदेशका एक÷दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ।

देशका पहाडी र तराई भूभागका धेरै स्थानमा तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

बंगालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्ने क्रममा रहेकाले भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको हो।