कांग्रेसको प्रश्न : यो देश कालो चश्मा,कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हिँड्नेको मात्र हो ?

२२ असार,काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले कालो चश्मा, कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हिँड्नेहरूको मात्र नभएको टिप्पणी गरेका छन्।

सोमवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्।

सुकुमवासीहरूको दिगो व्यवस्थापन व्यवहारमुखी कोणबाट गर्न माग गर्दै उनले समाधानको नाममा हजारौँ सुकुमवासी र अव्यवस्थित बसोवासी नागरिकलाई वर्षा यामको मुखमा वैकल्पिक व्यवस्था बिना विस्थापित गर्नु सरकारको संवेदना शुन्य भएको लक्षण भएको आरोप लगाए।

व्यवस्थापनको नाममा सुकुमवासी बस्तीबाट बलपूर्वक हटाउने र आश्रय स्थलमा राख्ने र पछि रातारात धपाउने कुरा उचित नभएको उनको तर्क छ ।

नेता आङदेम्बेले यो देश सुकुमवासी अव्यवस्थित बसोवासी गरिब किसान र मजदुरहरूको यो देश होइन ? भन्दै प्रश्न समेत गरेका छन् ।