सात हजार मिटर माथिको हिमाल नचढी सगरमाथा आरोहण गर्न नपाइने

२२ असार,काठमाडौं ।सरकारले सात हजार मिटर माथिको हिमाल नचढी सगरमाथा आरोहण गर्न नपाइने प्रावधान ल्याउने तयारी गरेको छ ।

सोमबार राष्ट्रियसभा बैठकमा बिनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नयाँ बन्न लागेको पर्यटन ऐन तथा नियमावलीमा उक्त प्रावधान राख्न लागिएको बताए ।

सगरमाथामा आरोहणको चाप निकै बढेको भन्दै उनले आरोहणको चाप बढाउँदै लैजाँदा सगरमाथा सुरक्षित रहँदैन भन्ने चिन्ता स्वभाविक रहेको बताए ।

मन्त्री पौडेलले हालको अवस्थामा भारतीय पर्यटकहरूको ठूलो चाप देखिएको बताए ।

पर्यटन प्रवर्द्धनका लागि सरकारी,निजी,गैर–सरकारी,दातृ निकाय र डायस्पोरासँग सहकार्य गरेर अघि बढ्ने उनको भनाइ छ ।