१५ अर्बको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

२९ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । उक्त ऋणपत्रको १ वर्ष अवधि रहेको छ ।

बैंक तथा वित्तीय संस्थाले बोलकबोल गर्न सक्नेछन् ।राष्ट्र बैंकले न्यूनतम ब्याजदर कबोल गर्ने संस्थालाई प्राथमिकता दिँदै ऋणपत्र प्रदान हुनेछ ।

यस ऋणपत्रको नाम ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ छ’ रहेको छ । बैंक तथा वित्तीय संस्थाले न्यूतम ५ करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने कुल रकमसम्मकै लागि बोल गर्न सक्नेछन् ।