मौसम पूर्वानुमान : विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना

३२ असार,काठमाडौं । आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना छ ।

केही प्रदेशका धेरै स्थानमा दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशभर मनसुनी वायुको प्रभाव तथा मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग नजिक र पूर्वमा सरदर स्थान आसपास रहेकाले वर्षा भइरहेको छ।

अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोसी, वाग्मती,गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रेदशको तराई भूभागको थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

कोसी र वाग्मती प्रदेशको हिमाली भूभाग तथा कोसी,वाग्मती,गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति देशभर साधारणतया बादल लाग्ने र देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।

गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा तथा मधेस,कोसी र वाग्मती प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका हिमाल,पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।