आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

६ साउन,काठमाडौं ।हाल देशभर रहेको मनसुनी वायुको प्रभावले गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ भने मधेस प्रदेश र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ।

बागमती र गण्डकी प्रदेशका केहि स्थानमा कोशी,लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ।देशका हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशको पहाडी भू–भागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

कोशी,बागमती,गण्डकी,लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेस प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर भारीदेखि मध्यमसम्म वर्षाको सम्भावना छ।