लुम्बिनी सरकारबाट कांग्रेस मन्त्रीहरुले सामूहिक राजीनामा दिंदै

१० साउन, बुटवल । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिपछि नेपाली कांग्रेसका मन्त्रीहरुले लुम्बिनी सरकारबाट सामूहिक राजीनामा दिने भएका छन् ।

यसअघि नेपाली कांग्रेसको केन्द्रीय समितिले असारको अन्तिममा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेको थियो ।

हिजो शनिबार मात्रै एमाले र नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति भएपछि भने एमाले नेतृत्वको सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुलाई नैतिक दबाब परेको हो ।