
१८ साउन,काठमाडौं ।पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ ।
नेपाल आयल निगमले आइतबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल,डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो ।एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ,डिजेल र मट्टितेलमा ५ रूपैयाँ र हवाई इन्धनमा प्रतिलिटर २० रूपैयाँका दरले मूल्यवृद्धि भएको हो।
योसँगै पेट्रोल र डिजेलको मूल्य काठमाडौं,पोखरा र दिपायलमा २ सय रुपैयाँ,सुर्खेत र दाङमा १ सय ९९ रुपैयाँ कायम हुने भएको छ ।त्यस्तै,चारआली,विराटनगर,जकपुर,अमलेखगञ्ज,भलवारी,धनगढी र वीरगञ्जमा १ सय ९७ रुपैयाँ ५० पैसा पुगेको छ।
