राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईं पक्राउ

१८ साउन, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

उनलाई अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आइतबार पक्राउ गरेको हो ।

उनले आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दै आन्दोलन घोषणा गरेका थिए ।हिन्दु राज्य र राजसंस्था पुनर्स्थापना गर्न आन्दोलनको घोषणा गरेको बताएका थिए ।

प्रसाईंले संविधान संशोधन गरी उच्चस्तरीय कार्यदल मार्फत आफ्ना मागहरू सम्बोधन नभए व्यवस्था ढाल्ने बताएका थिए।