महोत्तरी मटिहानीका आगलागी पीडितलाई कामपाले १० लाख सहयोग गर्ने

काठमाडौं । काठमाडौंमहानगरपालिका(कामपाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

कामपाका प्रवक्ता नवीन मानन्धरले महानगर विपद् व्यवस्थापन समितिले आगलागीको विपदमा परेका व्यक्ति तथा परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको जानकारी दिए।

रकम आज नै नगरपालिकाको खातामा जम्मा हुनेगरी पठाउने महानगरपालिकाको तयारी रहेको उनको भनाई छ ।

आगलागीमा परेर ९१ वटा कच्ची घर र ९ वटा अर्धपक्की घर गरेर एक सय घर जलेर नष्ट भएका छन् ।यसबाट चार सय ५५ जना प्रभावित बनेका छन् ।यहि बैशाखा १२ गते दिउँसो १ बजेदेखि आगलागी सुरु भएको थियो।