पर्यटन बोर्डको सीईओ छनोट प्रक्रिया अवरुद्ध

 काठमाडौं ।नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रियाका सम्बन्धमा पाटन उच्च अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र कैलाशदेव सुवेदीको संयुक्त इजलासले यस अघि जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै यो रिट निवेदनलाई अग्राधिकारमा राखेको छ।यो आदेशसँगै  मुद्दाको टुङ्गो नलाग्दासम्म पर्यटन बोर्ड सीईओ छनोट प्रक्रिया अवरुद्ध भएको छ।

२०८० माघ १६ मा तात्कालिक कार्यकारी डा.धनञ्जय रेग्मीको कार्यकाल सकिएपछि सिइओ छनोट उपसमितिले नयाँ सिइओ छनोट प्रक्रिया सुरु गरेको थियो।

बोर्ड कार्यकारी प्रमुख विहीन हुँदा बजेटमा परेका धरै कार्यक्रम हुन सकिरहेका छैनन्।अदालतबाट यो प्रक्रियाको टुङ्गो नलाग्दासम्म बोर्डका धरै कार्यक्रम प्रभावित हुने देखिएको छ ।