
काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बढी क्षेत्रफल ओगटेर ठूलो परिमाणमा तरकारी तथा फलफूल उत्पादन हुने क्षेत्रलाई ‘जोन’ र ‘सुपर जोन’ तोक्ने गरेको छ ।
पछिल्लो पटक सरकारले तरकारी तथा फलफूलका पाँच जोनलाई सुपर जोनमा लैजाने र ३३ नयाँ जोन बनाउने निर्णय गरेको छ ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको निर्देशक समितिले २२ चैत २०८० मा तरकारी तथा फलफूलका ५ जोनलाई सुपर जोन र ३३ क्षेत्रलाई नयाँ जोन बनाउने निर्णय गरेको थियो । त्यसअघि २६ पुस २०७३ मा २१ वटा सुपर जोन बनाउने निर्णय भएको थियो ।
राष्ट्रिय प्राथमिकता र स्थानीय सम्भाव्यताका आधारमा तोकिएको पूर्वाधार भएको र तोकिएको बालीरवस्तुमा न्यूनतम १ हजार हेक्टरमा सञ्चालन भएको वृहत व्यावसायिक कृषि उत्पादन तथा औद्योगिक केन्द्रका रूपमा सुपर जोन रहने भनेर २०७३ सालमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सुरु गरेको एक कार्यक्रम हो ।
परियोजनाका अनुसार सुपर जोनमा समावेश बालीरवस्तु उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नु, सुपर जोन क्षेत्रमा कृषि यन्त्रीकरण, कृषि पूर्वाधार विकास एवं व्यावसायीकरण प्रवर्द्धन, प्रशोधन केन्द्र स्थापना मूल बीउ उत्पादन तथा कृषि अनुसन्धान केन्द्र र अध्ययन संस्थामार्फत कृषि आधुनिकीकरण गर्दै आत्मनिर्भर कृषि अर्थतन्त्रको आधारशीला निर्माण गर्नु सुपर जोन विकास कार्यक्रम सञ्चालनका उद्देश्य हुन् ।
त्यसैका लागि परियोजना निर्देशक समितिले २२ चैत २०८० मा ५ वटा सुपर जोन थप्ने निर्णय गरेको थियो ।
सुपरजोनमा स्रोत केन्द्र स्थापना सहयोग अन्तर्गत प्रजनन बीउ उत्पादन, नियामक प्रयोगशाला स्थापना, प्राङ्गारिक मल कारखाना स्थापना तथा सबलीकरण, जैविक विषादी उत्पादन केन्द्र, ठूला कृषि बजार, ठूला सिँचाइ पूर्वाधार, कृषि तालिम केन्द्र, कृषि अनुसन्धान केन्द्र, कृषि अध्ययन संस्थारकलेज स्थापना, कृषिजन्य उद्योगहरू स्थापना लगायत आवश्यक पूर्वाधार निर्माण गरी कृषि आधुनिकीकरण उन्मुख बनाइने परियोजनामा उल्लेख छ ।
जोनमा रहेका कृषक समूह तथा सहकारी, जलउपभोक्ता समिति, निजी कृषि उद्यमी तथा व्यवसायी ९कानुन बमोजिम दर्ता भएका कम्पनी० लाभान्वित हुने जनाइएको छ ।
जोन क्षेत्रमा रासायनिक तथा प्राङ्गारिक मल, उन्नत तथा हाइब्रिड बीउ बिजन, रासायनिक एवं जैविक विषादी लगायत उत्पादन सामग्रीमा तोकिए बमोजिम अनुदान सहयोग उपलब्ध गराइने छ । जोनमा सम्बन्धित बालीरवस्तुमा सहभागितात्मक व्यावसायिक उत्पादन प्रविधि प्रदर्शन सञ्चालन गरिने छ भने उत्पादन प्रविधि, बजारीकरण, मूल्य शृङ्खला विकास लगायत विविध पक्ष समेटिने गरी स्थलगत तालिम कार्यक्रम सञ्चालन गरिने परियोजनामा उल्लेख छ ।
चालु आव २०८०र८१ सम्मको तथ्यांकअनुसार नेपालमा जोन–सुपरजोन अन्तर्गत धानखेती ६५ हजार ८३ हेक्टरमा हुने देखिन्छ । यसको उत्पादन ३ लाख ११ हजार ७ य ४७ टन देखिन्छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अवधिको लक्ष्य २१ ठाउँलाई सुपर जोन बनाउने सहित २०७३र७४ मा ७ ठाउँबाट सुरु भएको थियो ।त्यसपछि २०७४र७५ मा १० ठाउँ, २०७५र७६ मा १४ र २०७७र७८ मा १६ ठाउँलाई सुपर जोन बनाइएको थियो । अहिले थप ५ सुपर जोन थपेर लक्ष्यअनुसार २१ पुर्याइएको छ ।
यस्तै जोनमा २०७३र७४ मा २३ ठाउँबाट सुरु भएको थियो । २०७४र७५ मा १२ ठाउँ थप भएको थियो । २०७५र७६ मा ३२, २०७६र७७ मा ३९ र २०७७र७८ मा ७१ ठाउँमा पुगेको थियो ।
अहिले १ सय ७७ जोन नेपालमा छन् । थप ३३ सहित चालु आवसम्म २ सय ३८ पुर्याउने लक्ष्य परियोजनाको छ ।
१५ जोनलाई सुपर जोनमा स्तरोन्नति गर्न सिफारिस भएकोमा परियोजनामा गठित अध्ययन तथा छनोट समितिबाट पाँचथरीका लागि ६ जोनलाई पाँच सुपर जोनमा स्तरोन्नति गर्न सिफारिस भएको थियो ।
१३ चैत २०८० मा ६ जोनलाई सुपर जोनमा स्तरोन्नति गर्ने निर्देशक समितिलाई सिफारिस गरिएको थियो । जसअनुसार जोनलाई सुपर जोन बनाइएको हो ।
१। भोजपुर अलैंची जोन र संखुवासभा अलैंची जोन – अलैंची सुपर जोन
२। मोरङ धान जोन – धान सुपर जोन
३। सर्लाही मकै जोन – मकै सुपर जोन
४। चितवन केरा जोन – केरा सुपर जोन
५। नवलपरासी बर्दघाट सुस्ता पूर्व तरकारी जोन – तरकारी सुपर जोन
यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले प्राविधिक समिति, जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समिति तथा प्रदेश परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको सिफारिस अनुसार थप ६५ जोन विकास गर्न सिफारिस गरेको थियो ।
परियोजनामा गठित अध्ययन तथा छनोट समितिबाट ३३ जोन विकास गर्न सिफारिस भएकोमा चैत २०८० मा ३३ जोन थपिएका हुन् ।
