विदेशी मुद्रा भित्र्याउन सक्ने सम्भावना रहेको क्षेत्र ‘आईटी’ : अध्यक्ष ढकाल

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सूचना प्रविधिको(आईटी) क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी रहेको बताएका छन् ।

बिहीबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा काठमाडौको सभागृहमा मन्त्रालयद्धारा आयोजित कार्यक्रममा बोल्दै ढकालले कारोबारहरूलाई अनलाइन माध्यमबाट हुने कारोबार सहज र पारदर्शी हुने दाबी गरे।आईटी क्षेत्रलाई लगानी सम्मेलनमा प्राथमिकताका साथ उठाएको भन्दै उनले नेपालमा लगानीको सम्भावना भएका क्षेत्रहरूमा यो एक प्रमुख लगानीको क्षेत्र भएको खुलासा प्रस्तुत गरे।

उनले भने, ‘भर्खरै सम्पन्न लगानी सम्मेलनमा प्रधानमन्त्रीज्यूबाट र मान्य मन्त्रीज्यूबाट नेपालकै तर्फबाट जुन एउटा आईटी क्षेत्रलाई एकदमै प्राथमिकताका साथ राखिएको र नेपालमा लगानीको सम्भावना भएका क्षेत्रहरूमा आईटी पनि मुख्य लगानीको क्षेत्र हो भनेर प्राथमिकताका साथ राखिइएको छ यो महत्त्वपूर्ण छ।

आईटीको क्षेत्रमा हेर्दा हामी कतिपय पूर्वाधार, ठुलो लगानी नभईकन विदेशी मुद्रा भित्र्याउन सक्ने सम्भावना रहेको छ।यसलाई सरकारले अझै प्राथमिकतामा राखेर यो क्षेत्रमा लाग्नुपर्छ।’