
काठमाडौं ।धादिङको थाक्रे गाउँपालिका,५, गैरीखर्कमा आगलागीमा परी एक दम्पतीको मृत्यु भएको छ ।
बुधबार राति आगोमा जलेर घरभित्रै रहेका ७० वर्षीय तेजबहादुर लामा र उनकी श्रीमती ठूली तामाङको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता मकेन्द्र मिश्रलेले जानकारी दिएका छन्।
घटनाको थप विवरण आउन बाँकी छ।भने,आगो नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।
