
काठमाडौं।पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारबाट पूर्णरूपमा सूचारु भएको छ ।
एक सातादेखि न्यून ‘भिजिबिलिटी’ का कारण उडान प्रभावित भएको सो विमानस्थले आजबाट सुचारु भएको हो । दैनिक हजारौं यात्रु आउजाउ गर्ने पर्यटकीय राजधानी पोखरामा २५ अप्रिलबाट उडान प्रभावित थिए।
यहाँबाट नेपालगञ्ज,भैरहवा तथा भरतपुरमा समेत सिधा उडान हुन्छ।मे १ दिउँसो १ देखि मौसम सुधार भएपछि ५ उडान भएको थियो।उडान नहुँदा हवाइयात्रा प्रभावित बनेको थियो।
मौसमका कारण उडान हुन नसकेका यात्रुले पुनः उडान गर्न चाहे अर्को दिनको टिकट दिने प्रावधान छ।नजाने यात्रुको टिकटको रकम फिर्ता गरिन्छ।
यस विमानस्थलमा बुद्ध एयरले मात्र काठमाडौंबाट दैनिक १७ उडान राखेको छ।
