
काठमाडौं ।ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिंक्स् क्लब विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औं स्थानमा परेको छ।
केही समय अघि क्लब डिजे म्याग टप १०० को नोमिनेसनमा परेको यो नाइट क्लब क्लब युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ५० औं स्थानमा परेको हो। यसअघि क्लब ४९ र ५२ औं स्थानमा परेको थियो।
विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागीता रहने डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ।यस वर्ष क्याम्पियनमा पाँच सय क्लब सहभागी भएको क्लबका अध्यक्ष रूदीप बल्ल श्रेष्ठले जानकारी दिए।
सरकारले पछिल्लो समय ठमेललाई २४ घण्टा खुला गर्ने अनुमति दिएको छ।
