
काठमाडौं।एमएडब्लू राइड्स प्रालिले यामाहा काठमाडौको भृकुटी मण्डपमा ‘महाएक्सचेन्ज मेला २०८१’ शुभारम्भ गरेको छ।
काठमाडौंको भृकुटीमण्डपमा सोमबारदेखि सुरु भएको यस मेला वर्षकै सबैभन्दा ठूलो मेला भएको कम्पनीले जनाएको छ,नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालका अनुसार यामाहा महाएक्सचेन्ज मेलामा ग्राहकले आफ्नो सवारी अपग्रेड गर्ने अवसरसमेत प्राप्त गर्नेछन्।
सहभागीहरूले आफ्नो ब्रान्ड–न्यु यामाहा बाइकको खरिदमा एक लाख रूपैयाँसम्मको ग्यारेन्टी नगद छुट प्राप्त गर्न सक्ने बताइएको छ।साथै जुनसुकै ब्रान्डका पुराना मोटरसाइकलको ट्रेड–इनका लागि अधिकतम मूल्य सुनिश्चित गर्दै एक लाख रुपैयाँसम्मको अतिरिक्त मूल्याङ्कन प्रदान गरिने भनिएको छ।
मेलामा सहभागीहरूले निःशुल्क बाइक हेल्थ कार्डबाट आफ्नो नयाँ सवारी राम्रो अवस्थामा रहेको सुनिश्चित गर्न निःशुल्क बाइक चेक–अप र स्पार्कलिंग क्लिन स्टार्टका लागि वास गर्ने सुविधा समेत लिन सक्नेछन्।
स्टाइलिस अपग्रेडको साथमा सुरक्षा बढाउन डुअर प्राइजका रूपमा स्मार्ट हेल्मेट जित्ने अवसर पनि प्रदान गर्नेछ । थप रोमाञ्चकताका लागि मेलामा निःशुल्क खेल र उपहारहरू,टेस्ट राइड र विन अफरहरू रहने छन् भने निःशुल्क एसेसरिज प्राप्त गर्नाले आगन्तुकको समग्र अनुभवलाई थप बढाउने आयोजकको भनाई छ।
मेलामा लोकप्रिय नेपाली गायक गायिकाहरूको समेत प्रत्यक्ष प्रस्तुति रहने छ।२४ वैशाखमा गायक शिव परियारको सांगिगतिक प्रस्तुति थियो ।भने,२६मा महेश काफ्ले र २९ वैशाखमा मिलन नेवारको प्रस्तुति रहने कम्पनीले जनाएको छ।
मेला २९ वैशाखसम्म सञ्चालन हुने प्रालिले जनाएको छ।
