औषधिको अवैध कारोबार गरेको आरोपमा मेडिकल सञ्चालक कमलबहादुर विकसहित चार जना पक्राउ

लुम्बिनी। बुटवलमा मेडिकल पसल राखेर चिकित्सकको सिफारिसबिना अवैधरूपमा औषधिको कारोबार गरेको आरोपमा मेडिकल सञ्चालक कमलबहादुर विकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित कालिकापथमा मेडिकलको नक्कली नाम(बैदवार फार्मेसी ) राखेर लागूऔषधको रूपमा औषधिको कारोबार गर्दै आएका मेडिकल सञ्चालक विक अछामको तुर्माखाँद गाउँपालिका–८ का हन् ।भने अन्य तीन जनामा स्याङ्जा जिल्ला, वालिङ् नगरपालिका–१३ बस्ने वर्ष २१ को ओम प्रकाश गैरे, रुपन्देही देवदह नगरपालिका–७ बस्ने वर्ष २९ का  किरण दर्जी र बुटवल उपमहानगरपालिका–२ बस्ने वर्ष ३० का  मनिस विक रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

पक्राउ परेका विकले मान्यताप्राप्त चिकित्सकको प्रेस्क्रिप्सनबिना बिक्री वितरण गर्न नहुने औषधि बिक्रिवितरण गरेको पाइएको छ।प्रहरीका अनुसार विकले बुटवल उपमहानगरपालिका–८ मा दर्ता रहेको डिस्कामुनी मेडिकल हलको प्रमाणपत्र राखेर बैदवार फार्मेसी सञ्चालन गर्दै आएका थिए।

डाइसाक्लोमिन–९ हजार चार सय ट्याबलेट,प्रिगेस्टर पाँच सय ४२ ट्याबलेट,प्रिग्रा तीन सय ७० ट्याबलेटलगायतका औषधि चिकित्सकको सिफारिसबिना बिक्रीवितरण गर्ने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले ती आरोपीहरुलाई नियत्रणमा लिई अनुसन्धान थालेको जनाएको छ।