नवीकरणको शुल्क बुझाएपछि नेपाल टेलिकमलाई अनुमति दिन प्राधिकरणलाई सरकारको निर्देशन

काठमाडौं।नेपाल टेलिकमले नवीकरणको सम्पूर्ण शुल्क बुझाएपछि सरकारले नयाँ अनुमपति पत्र प्रदान गर्न निर्देशन दिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले निर्णय बमोजिम टेलिकमलाई नयाँ अनुमति प्रदान गर्न नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो ।टेलिकमको लाइसेन्सको २५ वर्षे अवधि सकिन एक दिन मात्रै बाँकी रहँदा सरकारले दूरसञ्चार ऐनको दफा २० बमोजिम सरकारले प्राधिकरणलाई निर्देशन निर्देशन गरेको हो ।

नेपाल टेलिकमले २०५६ वैसाख २९ गते जीएसएम सेलुलर मोबाइल सेवाको अनुमति पत्र लिएको थियो ।

दूरसञ्चार ऐन २०५३ को दफा २५का अनुसार टेलिकमको अवधि वैशाख २८ अर्थात शुक्रबार सम्म मात्रै छ ।

टेलिकमले नवीकरणका लागि बुझाउन बाँकी रहेको १९ अर्ब ८१ करोड १० लाख रुपैयाँ नियामक प्राधिकरणको खातामा एकमुष्ट जम्मा गरिसकेको जनाएको छ ।