
चन्द्रौटा । लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री अर्जुनकुमार केसीले केन्द्र र प्रदेशको कानुन बाझिँदा काम गर्न असहज भएको बताएका छन्।
कपिलवस्तु वन पैदावार उद्योग व्यावसायिक संघद्वारा शनिवार आयोजित एक कार्यक्रममा मन्त्री केसीले कानुन निर्माणमा माफियातन्त्र हाबी भएको भन्दै यसले मुलुकमा व्यवसाय गर्नेहरूको अपमान भइरहेको बताए।
कार्यक्रममा उनले प्रदेश र केन्द्रका कानुन अध्ययन गर्दा सच्चाउन पर्ने आवश्क्ता देखिएको बताए।कार्यक्रममा सम्बन्धित बक्ताहरुले विदेशी काठ आउने नेपालको काठ वनमै कुहिने अवस्था रहेको,अख्तियारमा उजुरी परेका कारण कतिपय वनमै काठ सडेको,संघ र प्रदेश कानुनका कारण काम गर्न असहज भएकाले बाझिएको कानुनलाई परिमार्जन गरी काम गर्न सहज वातावरण तयार गर्नुपर्ने बताएका छन्।
सरोकारवालाहरुले वन पैदावार उद्योग व्यवसायी महासंघको सामाजिक विकास शाखाले पनि नेपालमा वनमाथि विभिन्न समयमा काठ व्यवसायीमाथि राज्यले समस्या पारिरहेको बताए।सरकारले काठ व्यापारीलाई चोरको दृष्टिकोणले हेर्ने गरेको भन्दै सरकारको दृष्टिकोणमा सुधार आउनु जरुरी भएको बताएका छन्।
